Kathmandu Press

दरबन्दीका चिकित्सक बिदामा, करारका चिकित्सकको म्याद सकियो

दार्चुला, वैशाख २७ : कोराना भाइरसका कारण अहिले विश्वव्यापी समस्या भइरहेका बेला गोकुलेश्वर अस्पतालमा कार्यरत दुई जना डाक्टर भने अध्ययन बिदामा गएका....

दरबन्दीका चिकित्सक बिदामा, करारका चिकित्सकको म्याद सकियो
सांकेतिक

दार्चुला, वैशाख २७ : कोराना भाइरसका कारण अहिले विश्वव्यापी समस्या भइरहेका बेला गोकुलेश्वर अस्पतालमा कार्यरत दुई जना डाक्टर भने अध्ययन बिदामा गएका छन्। गत कात्तिक महिनामा अध्ययन बिदामा गएका डाक्टर कोरोना महामारीका बेला पनि फर्किएका छैनन्। 

अस्पतालमा कार्यरत डाक्टर रोशन भगत चौरासिया र गौमा धामी अध्ययन बिदाबाट फर्किएका छैनन्। उनीहरुको समायोजनका बेला संघमा पठाइएको भए पनि दरबन्दी अस्पतालमै रहेको अस्पतालका डाक्टर महादेव भट्टले बताए।  दुवै जना तीन वर्षे अध्ययन बिदामा गएका बताइएको छ। 

जिल्ला अस्पतालमा कार्यरत डाक्टर भट्टको करार अवधि यही वैशाख २३ गते सकिएको छ। “आफ्नो करार सेवा अवधि सकिएकाबारे स्वास्थ्य सेवा विभाग र शैल्यशिखर नगरपालिकालाई समेत जानकारी गराइसकेको छु”, डाक्टर भट्टले भने , “तर हालसम्म पहल भएको छैन।” अहिले करार सेवा अवधि थपिने विभागबाट आश्वासन पाएको उनले बताए।

अस्पतालमा ‘आमासुरक्षा’ कार्यक्रमअन्तर्गत एक जना डाक्टर लोकेन्द्र थापा मात्र कार्यरत छन्।  दरबन्दीका डाक्टर नहुँदा अस्पतालमा ओटी सेवा बन्द भएको छ। कोभिड– १९ रोकथाम तथा नियन्त्रण नगरपालिका विशेष कार्यदलले कोरोना सङ्क्रमणका समयमा चिकित्सक अभाव हुन नदिन विशेष पहल गरिदिन जिल्ला सङ्कट व्यवस्थापन केन्द्रलाई आग्रह गर्ने निर्णय गरिएको समितिका सदस्य जगदीश भट्टले जानकारी दिए। रासस

प्रकाशित मिति: १९:०१ बजे, शनिबार, वैशाख २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्