Kathmandu Press

बर्दियामा १७० जनाको कोरोनाको रिपोर्ट नेगेटिभ

गुलरिया, वैशाख २५ : कोरोना संक्रमणको आशंकामा हालसम्म बर्दियामा दुई हजार ३४५ जनाको नमूना परीक्षण गरिएको छ। 

एक सय ९२ जनाको पिसिआर व....

बर्दियामा १७० जनाको कोरोनाको रिपोर्ट नेगेटिभ
फाइल

गुलरिया, वैशाख २५ : कोरोना संक्रमणको आशंकामा हालसम्म बर्दियामा दुई हजार ३४५ जनाको नमूना परीक्षण गरिएको छ। 

एक सय ९२ जनाको पिसिआर विधिबाट नमूना परीक्षण गरिएको छ। एक सय ८२ जनाको स्वाब संकलन गरी भेरी अस्पताल नेपालगञ्ज पठाइएकामा १७० जनाको रिपोर्ट नेगेटिभ आएको छ। बाह्र जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिए। 

आठ स्थानीय तहमा रहेका क्वारेन्टिनमा एक हजार ६१२ जना छन्। त्यसैगरी आरडिटीबाट अहिलेसम्म दुई हजार १५३ जनाको परीक्षण गरिएको प्रमुख गिरीले बताए। रासस

प्रकाशित मिति: १७:०४ बजे, शनिबार, वैशाख २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्