Kathmandu Press

भ्रष्टाचार मुद्दामा नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिना जेल सजाय 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले सोमबार उक्त सजाय निर्धारण गरेको हो। बस्नेतलाई २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ ८ पैसा जरिवाना हुने ठहर समेत भएको छ। 
भ्रष्टाचार मुद्दामा नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिना जेल सजाय 

काठमाडौं, असार १६ : नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई भ्रष्टाचार मुद्दामा ८ वर्ष ३ महिना कैद सजाय ठहर भएको छ। 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले सोमबार उक्त सजाय निर्धारण गरेको हो। बस्नेतलाई २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ ८ पैसा जरिवाना हुने ठहर समेत भएको छ। 

यस्तै, सम्पत्ति शुद्धीकरण मुद्दामा ३ वर्ष कैद सजाय हुने ठहर भएको छ। १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा बिगो दाबी गरिएकोमा बिगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ ८६ पैसा जरिवाना हुने ठहर भएको हो। 

अदालतले गैरकानुनी रुपमा कमाएको ठहर भएको सम्पत्तिसमेत जफत हुने भनेको छ । फैसला अनुसार बस्नेतलाई सम्पत्ति शुद्धीकरणकै कसुरमा राष्ट्रसेवकलाई हुने अतिरिक्त १० प्रतिशत कैद सजायसमेत गरी थप ३ महिना १८ दिन सजाय हुनेछ। 

विशेष अदालतले बस्नेतबाट १ करोड ५ लाख १ हजार ४२ रुपैयाँ ५८ पैसा पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि र सो कम्पनीका अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ लाख २२ हजार ४६० रुपैयाँ  २२ पैसा क्षतिपुर्ति शूल्क पीडित राहत कोषमा दाखिला गर्नुपर्ने ठहर गरेको छ । कँडेललाई पनि ८ वर्ष नै कैद सजाय ठेकिएको छ। 

कँडेल र दुई कम्पनीले गरी २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ बिगो भराउनुपर्ने छ। 

प्रकाशित मिति: १९:३६ बजे, सोमबार, असार १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्