Kathmandu Press

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने 

निर्वाचन आयोगले सोमबार एक विज्ञप्तिमार्फत प्रतिनिधिसभा सदस्य दिपक बोहराको मिति गत चैत १९ गते निधन भएकाले उक्त स्थानमा उपनिर्वाचन गर्न मिति तय गरेको हो। 
रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने 

काठमाडौं, असार १६ : रिक्त रहेको रुपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन आगामी कात्तिक १७ गते सोमबारका दिन हुने भएको छ। 

निर्वाचन आयोगले सोमबार एक विज्ञप्तिमार्फत प्रतिनिधिसभा सदस्य दिपक बोहराको मिति गत चैत १९ गते निधन भएकाले उक्त स्थानमा उपनिर्वाचन गर्न मिति तय गरेको हो। 

Hardik ivf

प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहदै प्रतिनिधिसभाको कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने संविधानको धारा ८४ को उपधारा ७ अनुसार उपनिर्वाचनको मिति तोक्नुपर्ने संवैधानिक एवं कानूनी व्यवस्था रहेको छ। 

‘निर्वाचन आयोगको असार १६ गते बसेको बैठकले  प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम रुपन्देही जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ मा रिक्त प्रतिनिधि सभा सदस्य पदको लागि कात्तिक१७ गते सोमबार  उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ,’ आयोगद्वारा जारी विज्ञिप्तिमा भनिएको छ।

आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सफल पार्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, मतदाता तथा सम्पूर्ण सरोकारवालाहरूमा अनुरोध समेत गरेको छ। साथै उक्त क्षेत्रलाई केन्द्रीत मतदाता नामावाली संकलन पनि स्थगित भएको छ। 

प्रकाशित मिति: १७:४९ बजे, सोमबार, असार १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्