जबरजस्ती पेलेरै सदन चलाउनुपर्ने बाध्यता छ, संख्या पुर्याउनुपर्नेछ : सभामुख घिमिरे
उनले संसदमा विरोध, अवरोध भएपनि मिलाउन नसकेको खण्डमा जबरजस्ती संख्या पु¥याएर भएपनि सदन चलाउनपर्ने बाध्यता रहेको बताए।
काठमाडौं, असार १५ : सभामुख देवराज घिमिरेले नीति र विधि अनुसार आर्थिक विधेयक असार मसान्तभित्र पास गर्नुपर्ने भएकाले जबरजस्ती पेलेरै संख्या पुर्यनएर भएपनि सदन चलाउनुपरेको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा विरोध, अवरोध भएपनि मिलाउन नसकेको खण्डमा जबरजस्ती संख्या पु¥याएर भएपनि सदन चलाउनपर्ने बाध्यता रहेको बताए।
‘वर्खे अधिवेशनमा विधि अनुसार आर्थिक वर्ष अर्थात असार मसान्तभन्दा अगाडि आर्थिक विधेयक पास गर्नुपर्छ। त्यो पास गर्न विरोध अवरोध सबै कुरालाई मिलाएर अघि बढ्नुपर्ने अवस्था छ। भएन भने जबरजस्ती गरेर संख्या पुर्याएर पास गर्ने परम्परा छ,’ उनले भने, ‘अहिले पनि बजेट अधिवेशनमा सांसदभित्र अवरोध, विरोध र अनुचित ढङ्गका आग्रह पूर्वाग्रह कायम छ । बजेट अधिवेशन प्रभावित हुँदाहुँदै पनि जबरजस्ती निश्चित समयभित्र पारित गर्नुपर्ने अवस्था छ। प्रक्रिया पूरा गर्नपर्ने.हुँदा गरिरहेको छौं। यो ठिक कि बेठिक या यसरी सदन चलाउन हुन्छ कि हुँदैन, यसरी चलाउँदा कसको दायित्व के हो, सरकार र प्रतिपक्षको दायित्व के हो? उठेको विषय र त्यसको निधान के हो त्यसमा ध्यान जानुपर्छ।’
संसदीय व्यवस्था र प्रणालीमाथि नै चुनौती खडा भइरहेका भन्दै इमानदारिताका साथ यो व्यवस्थालाई प्रभावकारी एवम जनताको प्रतिनिधि बसेर कानुन बनाउने र शासन बनाउने ठाउँ बनाउनुपर्ने बताए।
