शिक्षा विधेयकमा सहमतिका लागि सानेपामा कांग्रेस सभापतिसँग शिक्षामन्त्रीको भेट
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेर मन्त्री पन्तले सभापति शेरबहादुर देउवासँग छलफल गरेका हुन्। कांग्रेस पार्टी कार्यालयमा छलफल जारी छ।
काठमाडौं, असार १६ : विद्यालय शिक्षा विधेयकमा सहमतिका लागि शिक्षामन्त्री रघुजी पन्तले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेर मन्त्री पन्तले सभापति शेरबहादुर देउवासँग छलफल गरेका हुन्। कांग्रेस पार्टी कार्यालयमा छलफल जारी छ।
शिक्षा विधेयकमा मिल्न नसकेका विषयमा सहमति जुटाउन शिक्षामन्त्री पन्तले देउवालाई भेटेका हुन्।
आन्दोलनरत शिक्ष र सरकारविच गत वैशाख १७ गते असार १५ भित्र ऐन संसद्बाट पारित गर्न सहमती भए पनि बिलम्व भएको छ।
महासंघले विगतमा शिक्षकहरूसँग भएका सहमतिलाई समेटेर विधेयक अविलम्ब प्रतिनिधिसभामा पेस गरेर पारित गर्न सोमबारै सरकारसँग आग्रह गरेको छ।
प्रकाशित मिति: १६:३१ बजे, सोमबार, असार १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार