Kathmandu Press

असार १५ गतेभित्र शिक्षा विधेयक पारित नभएपछि शिक्षकहरू आक्रोशित

सरकारसँग गत वैशाख १७ गते असार १५ भित्र ऐन संसद्बाट पारित गर्न सहमती भएपछि नेपाल शिक्षक महासंघले आन्दोलन स्थगन गरेको थियो।
असार १५ गतेभित्र शिक्षा विधेयक पारित नभएपछि शिक्षकहरू आक्रोशित

काठमाडौं, असार १६ : तोकिएको असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित नभएपछि शिक्षकहरू आक्रोशित बनेका छन्। 

सरकारसँग गत वैशाख १७ गते असार १५ भित्र ऐन संसद्बाट पारित गर्न सहमती भएपछि नेपाल शिक्षक महासंघले आन्दोलन स्थगन गरेको थियो। 

Hardik ivf

महासंघले सोमबार एक विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गर्दै शंका र आक्रोश व्यक्त गरेको छ। महासंघले आम नेपाली शिक्षक–कर्मचारी सशंकित र आक्रोशित भएको विज्ञप्तिमा जनाएको छ। 

महासंघले विगतमा शिक्षकहरूसँग भएका सहमतिलाई समेटेर विधेयक अविलम्ब प्रतिनिधिसभामा पेस गरेर पारित गर्न सरकारसँग आग्रह गरेको  ।

‘यो कार्यमा विलम्ब गर्ने सुविधा कसैलाई छैन। यस काममा कुनै पनि खालको विलम्ब र षड्यन्त्र भएमा महासंघ तुरुन्तै आन्दोलनमा जान बाध्य हुने कुरा उद्घोष गर्दछौँ । अब हुने आन्दोलनबाट सिर्जना हुन सक्ने परिणामप्रति सचेत रहन तथा यो परिस्थिति निर्माण हुन नदिन सक्रिय र गम्भीर रहन सम्बन्धित सबैमा अपिल गर्दछौँ,’ महासंघले विज्ञप्तिमा भनेको छ ।

 

प्रकाशित मिति: १३:०६ बजे, सोमबार, असार १६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्