Kathmandu Press

युवाहरू समस्या होइन, श्रम समाधान बनुन् : उपराष्ट्रपति

प्रविधि र उद्यमशीलताको संयोजनमार्फत युवाहरूले विश्वका धारहरू परिवर्तन गरेका थुप्रै उदाहरण रहेको उल्लेख गर्दै उनले त्यसबाट नेपालका युवाहरूले प्रेरणा लिनुपर्ने धारणा राखे।
युवाहरू समस्या होइन, श्रम समाधान बनुन् : उपराष्ट्रपति

काठमाडौं, असार १६ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्यमशीलता राष्ट्र परिवर्तनको शक्तिशाली माध्यम भएको उल्लेख गर्दै नेपाली युवालाई श्रम समाधानको हिस्सा बन्न आह्वान गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित युवा उद्यमशीलता प्रवद्र्धन सम्मेलन २०८२ को उद्घाटन कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले उद्यमशीलता केवल आम्दानीको माध्यम नभई समाज र राष्ट्र परिवर्तन गर्ने शक्तिशाली ज्वाला भएको बताए।

Hardik ivf

‘उद्यमशील र उद्यम जहाँ एउटा आम्दानीको माध्यम मात्रै नभई समाज र राष्ट्रलाई परिवर्तन गर्ने शक्तिशाली ज्वाला पनि हो। उद्यम एक सोच हो, जहाँ जोखिमप्रतिको आँट, समस्याप्रतिको समाधान र प्रगतिप्रतिको समर्पण समेटिएको हुन्छ,’ उनले भने, ‘पछिल्लो समय युवाहरु विश्व सन्र्दभमा नयाँ सम्भावनाहरुको प्रतिक बनेका छन्। हाम्रो चाहना छ नेपाली युवा अब समस्या मात्र नबनुन् श्रम समाधान पनि बनुन्।’ 

प्रविधि र उद्यमशीलताको संयोजनमार्फत युवाहरूले विश्वका धारहरू परिवर्तन गरेका थुप्रै उदाहरण रहेको उल्लेख गर्दै उनले त्यसबाट नेपालका युवाहरूले प्रेरणा लिनुपर्ने धारणा राखे।

प्रकाशित मिति: १२:१८ बजे, सोमबार, असार १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्