Kathmandu Press

सीमा अतिक्रमणको विरोधमा माइतीघरमा विद्यार्थीको प्रदर्शन (फोटो फिचर) 

काठमाडौं, वैशाख २७ : भारतले नेपालको सीमा अतिक्रमण गर्दै मानसरोवर जाने सडक बनाएको विरोधमा विभिन्न विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन्। 

....
सीमा अतिक्रमणको विरोधमा माइतीघरमा विद्यार्थीको प्रदर्शन (फोटो फिचर) 
रिवाज राई

काठमाडौं, वैशाख २७ : भारतले नेपालको सीमा अतिक्रमण गर्दै मानसरोवर जाने सडक बनाएको विरोधमा विभिन्न विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन्। 

भारतीय अतिक्रमणको विरोधमा शनिबार सत्तसीन दल नेकपानिकट अनेरास्ववियु, नेपाल विद्यार्थी संघ लगायतका विद्यार्थी संगठनहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा उत्रिएका दुई दर्जनभन्दा बढी विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ। 

भारतले तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडकमार्ग 
एकतर्फीरूपमा बनाएको छ।  त्यसको विरोधमा विद्यार्थीहरु शनिबार प्रदर्शनमा उत्रिएका हुन्।

भारतका संघीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार ट्वीट गर्दै अब भारतीय तीर्थयात्रीलाई मानसरोवरको यात्रा गर्न सहज हुने विश्वास व्यक्त गरेका थिए। 


 

प्रकाशित मिति: १४:२५ बजे, शनिबार, वैशाख २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्