Kathmandu Press

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

बिहान ११ बजेका लागि बोलाइएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउनुहुने माननीयज्यूहरुसँग छलफल हुनेछ । 
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं, असार १६ : सङ्घीय संसदअन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ ।  राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक बस्न लागेको हो । 

बिहान ११ बजेका लागि बोलाइएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउनुहुने माननीयज्यूहरुसँग छलफल हुनेछ । 

बिहान ८ः३० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची छ । बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । 

बिहान ८ बजे बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा सुनुवाइ हुन बाँकी सार्वोेच्च अदालतका प्रस्तावित न्यायाधीश र न्याय परिषद्का सदस्यको सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।
 
प्रकाशित मिति: ०८:०९ बजे, सोमबार, असार १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्