Kathmandu Press

प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक बहुमतले पारित

प्रतिनिधिसभा बैठकमा आइतबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक बहुमतले पारित

काठमाडौं, असार १५ : प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक–२०८२ बहुमतले पारित भएको छ। 

प्रतिनिधिसभा बैठकमा आइतबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। 

Hardik ivf

उक्त प्रश्ताव उपर छलफल भई मन्त्री गुप्ताले छलफलमा उठेका प्रश्नको जवाफ दिए। जवाफ दिइसकेपछि मन्त्री गुप्ताले सदनमा संघीय निजामती सेवा विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रश्तुत गरेका थिए। 

मन्त्री गुप्ताको उक्त प्रस्तावलाई प्रतिनिधि सभाका बहुमत सदस्यहरूले सहमति जनाएका थिए। त्यसलगत्तै सभामुख देवराज घिमिरेले विधेयक पारित भएको घोषणा गरे। 

विधेयक पारित भएको घोषणा गर्नेक्रममा सभामुख घिमिरेले भने, ‘संघीयताको सफल कार्यान्वयनका लागि आवश्यक कानुनी पूर्वाधारमध्ये यो विधेयक एक ऐतिहासिक र दूरगामी प्रभाव पार्ने नीतिगत प्रस्थानविन्दुको रुपमा लिएको छु।’ 

प्रकाशित मिति: १७:०९ बजे, आइतबार, असार १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्