Kathmandu Press

धानलगायत सबै खेतीका लागि सरकारले विशेष व्यवस्था गरेको छ : मन्त्री अधिकारी

आइतबार कीर्तिपुरमा आयोजित २२औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव समारोहमा बोल्दै उनले आगामी वर्ष धान खेतीमा नेपाली आत्मनिर्भर बन्ने बताए।
धानलगायत सबै खेतीका लागि सरकारले विशेष व्यवस्था गरेको छ : मन्त्री अधिकारी

काठमाडौं, असार १५ : कृषिमन्त्री रामनाथ अधिकारीले २२औँ धान दिवसको शुभकामना दिँदै धानसहित सबै खेतीको विकासका लागि सरकारले विशेष व्यवस्था गरेको बताएका छन्।

आइतबार कीर्तिपुरमा आयोजित २२औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव समारोहमा बोल्दै उनले आगामी वर्ष धान खेतीमा नेपाली आत्मनिर्भर बन्ने बताए।

Hardik ivf

‘धान दिवसमा सहभागी हुने सबैलाई बधाई। हामीले जुन ढङगले खेती गरेका छाैं, त्यो खेतीले सिङगो नेपाली आत्मनिर्भर बन्न सकोस् भन्ने उद्देश्यका साथ तल्लिन छौं,’ उनले भने, ‘त्यसकै सिलसिलामा सरकारले धान खेती लगायतका सबै खेतीहरुको विकासका लागि यो वर्ष विशेष व्यवस्था गरेको छ।’

उनले आगामी दुई वर्षमा धानमा आत्मनिर्भर बन्नका लागि आज धान रोपाईमा सहभागी भएको पनि बताए। 

प्रकाशित मिति: १६:५५ बजे, आइतबार, असार १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्