Kathmandu Press

सोमबारदेखि शुरु हुने कांग्रेस बैठकका लागि ६ एजेण्डा तय

आइतबार बिहान बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको नीजि निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले ६ एजेण्डा तय गरेको हो। 
सोमबारदेखि शुरु हुने कांग्रेस बैठकका लागि ६ एजेण्डा तय

काठमाडौं, असार १५ : सोमबारदेखि सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका लागि ६ वटा एजेण्डा तय भएको छ। 

आइतबार बिहान बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको नीजि निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले ६ एजेण्डा तय गरेको हो। 

बैठकमा पार्टीले सञ्चालन गरेको १०० दिने अभियानको कार्यपत्रमा छलफल, भ्रातृसंस्थाको तदर्थ समिति, क्रियाशील सदस्यताको नवीकरण, जनसम्पर्क समितिमा सदस्यता दिने व्यवस्थाका लागि विधान परिमार्जन, पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको स्मारिका प्रकाशन र समसामयिक राजनीतिमा छलफलको एजेण्डा राखिएको छ। 

सोमबार दिउँसो १ बजेका लागि कांग्रेस बैठक आह्वान गरिएको छ। 
 
प्रकाशित मिति: १६:०२ बजे, आइतबार, असार १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्