Kathmandu Press

सदनमा गालीगलौज गर्ने काम बन्द नभए प्रतिवादमा उत्रने छौं : श्याम घिमिरे

‘सदनमा गालीगलौज गर्ने काम बन्द नभए प्रतिवादमा उत्रने छौं। संसद्को आकस्मिक समयको दुरुपयोग गरेर गालीगलौज गर्ने भएको भन्दै यस्ता कार्य बन्द नभए प्रतिवादमा उत्रने छौं,’ उनले भने, ‘सदनमा तल्लोस्तरको गालीलगौज गर्ने कामले संसद्को मर्यादा कायम हुनसकेको छैन।’
सदनमा गालीगलौज गर्ने काम बन्द नभए प्रतिवादमा उत्रने छौं : श्याम घिमिरे

काठमाडौं, असार १५ : नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपाका सांसदहरुले संसद्को आकस्मिक समयको दुरुपयोग गरेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले संसद् बैठकको आकस्मिक समयमा चोर, मानव तस्कर र बेचुवाजस्ता शब्द प्रयोग गरेको र समयको दुरुपयोग गरेको भन्दै अब यसरी बोल्ने सांसदहरुलाई बोल्नबाट पनि बञ्चित गरिनुपर्ने माग गरे।

‘सदनमा गालीगलौज गर्ने काम बन्द नभए प्रतिवादमा उत्रने छौं। संसद्को आकस्मिक समयको दुरुपयोग गरेर गालीगलौज गर्ने भएको भन्दै यस्ता कार्य बन्द नभए प्रतिवादमा उत्रने छौं,’ उनले भने, ‘सदनमा तल्लोस्तरको गालीलगौज गर्ने कामले संसद्को मर्यादा कायम हुनसकेको छैन।’

घिमिरेले संसद्को मर्यादाविपरित अभिव्यक्ति दिने संसदहरुलाई बोल्नबाट वञ्चित गर्नुपर्ने उल्लेख गरे।  

त्यस्तै माओवादी सांसद अमनलाल मोदीले सदनमा अमर्यादित शब्द व्यक्त भएको भन्दै आपत्ति जनाए। उनले रास्वपा सांसद डिपी अर्याल र कांग्रेस सांसद रामहरि खतिवडाको अभिव्यक्ति गैरसंसदीय भएको भन्दै रेकर्डबाट हटाउन माग गरे।  
 
प्रकाशित मिति: १५:५८ बजे, आइतबार, असार १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्