Kathmandu Press

प्रभु साहले रोष्ट्रममै च्याते निजामती सेवा विधेयक

‘यस्तो चिरहरण, भविष्यमाथि कत्लेआम गर्ने साक्षी हुन नसक्ने व्यहोरा अनुरोध गर्दै आजको यो बैठक बहिष्कार गर्दै यसलाई स्वीकार गर्न सकिन, म च्यात्छु।’
प्रभु साहले रोष्ट्रममै च्याते निजामती सेवा विधेयक

काठमाडौं, असार १५ : आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले निजामती सेवा विधेयक रोष्ट्रममै च्यातेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा विधेयकमाथि छलफलमा भाग लिँदै विधेयक स्वीकार गर्न नसक्ने बताउँदै रोष्ट्रममै विधेयक च्यातेका हुन्।

‘गरिबलाई रूवाउने विधेयक हामीलाई स्वीकार्य छैन। यो नेपाली जनताले कुनै पनि हालतमा स्वीकार्ने छैन। यस्तो अपराधिक कामको साक्षी म बन्न सक्दिनँ। सांसदहरूले पनि नबन्न आग्रह गर्दछु,’ उनले भने, ‘यस्तो चिरहरण, भविष्यमाथि कत्लेआम गर्ने साक्षी हुन नसक्ने व्यहोरा अनुरोध गर्दै आजको यो बैठक बहिष्कार गर्दै यसलाई स्वीकार गर्न सकिन, म च्यात्छु।’

उक्त विधेयक गरिबमारा रहेको कारण स्वीकार्य नरहेको र आफूले बैठक पनि बहिष्कार गरेको बताए।

उनले निजामती विधेयक पारित भएमा देशमा आगो बल्ने पनि बताए। उनले आफू यो विधेयक पारित गर्ने मतियार हुन नसक्ने पनि बताए।

‘यो गरिबमारा निजामती विधेयक पारित भयो भने देशमा आगो बल्‍छ। गरिबको भविष्यलाई कत्लेआम गर्नेगरी आएको यो विधेयक हामीलाई स्वीकार्य छैन,’ उनले भने, ‘यदी यो आज पारित भयो भने यो कालो दिन हुनेछ।’ 

 

प्रकाशित मिति: १५:४६ बजे, आइतबार, असार १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्