Kathmandu Press

भिजिट भिसाको नाममा नेपाली बेचिँदै छन्, निष्पक्ष छानबिन होस् : ज्ञानेन्द्र शाही

शाहीले संसदमा कति संख्यामा को सांसद छन् भन्ने विषयभन्दा पनि उठाइएको मुद्दा जायज छ कि छैन भन्ने कुरालाई ध्यान दिन आग्रह गरे। 
भिजिट भिसाको नाममा नेपाली बेचिँदै छन्, निष्पक्ष छानबिन होस् : ज्ञानेन्द्र शाही
फाइल तस्बिर।

काठमाडौं, असार १५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले आइतबार प्रतिनिधिसभाको बैठकमा भिजिट भिसाका नाममा नेपाली नागरिकको विक्री भइरहेको गम्भीर आरोप लगाएका छन्। 

उनले संसदमै आवाज उठाउँदै यो विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरे। शाहीले भिजिट भिसा प्रकरण कुनै राजनीतिक दाउपेचको विषय नभएको स्पष्ट पारे 

Hardik ivf

‘लामो समयदेखि संसदमा भिजिट भिसा प्रकरणमा छानविन गरौं भनिरहेका छौं। यो कुनै राजनीतिक दाउपेचको कुरा होइन्। म सरकारमा रहेका दलहरुलाई पनि मेरो अनुरोध छ त्यहाँ भिजिट भिसामा विक्रीमा परेका मान्छेहरु रास्वपा, राप्रपा र अन्य दलका मात्रै होइनन्,’ उनले भने, ‘त्यहाँ कांग्रेसका मान्छेहरु पनि छन्, एमालेका मान्छेहरु पनि छन्, माओवादीका पनि छन्। समग्रमा भन्ने हो भने नेपाली नागरिक बेचिएका छन्। तिनीहरुको छानविन गर्नुपर्छ।’

उनका अनुसार भिजिट भिसामा विक्रीमा परेका मानिसहरू कुनै एक दलका मात्र नभएर नेपाली नागरिक बेचिएको बताए। शाहीले संसदमा कति संख्यामा को सांसद छन् भन्ने विषयभन्दा पनि उठाइएको मुद्दा जायज छ कि छैन भन्ने कुरालाई ध्यान दिन आग्रह गरे। 

‘अहिले गर्नेलाई भन्दा देख्नेलाई लाज भइसकेको छ। संसदमा त  तपाईं हामी एक अर्काप्रति आरोप र प्रत्यारोप लगाउँला। तर नेपाली जनताले यसको फैसला गर्छन्, जनतालाई के भन्ने?,’ उनले भने।
 

प्रकाशित मिति: १५:३९ बजे, आइतबार, असार १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्