बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे
उनले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेको भन्दै सोको लागि तीन तहका कर्मचारीहरूले जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्नुपर्ने बताएका हुन्।
काठमाडौं, असार १५ : सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेको बताएका छन्।
महालेखा परीक्षक कार्यालयको ६७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेको भन्दै सोको लागि तीन तहका कर्मचारीहरूले जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्नुपर्ने बताएका हुन्।
‘महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदनमा २०८०÷८१ सम्मको अद्यावधिक बेरुजु ७ अर्ब ३३ करोड पुगेको उल्लेख छ। वार्षिक कारोबार गर्दा उल्लेखनीय बेरुजु देखिनु उचित होइन्,’ उनले भने, ‘जसले वित्तिय अनुशासन प्रश्न मात्र खडा गरेको छ। सोका लागि तीन तहका कर्मचारीहरूले जिम्मेवारी पूर्वक कार्यसम्पादन गर्नुपर्ने छ।’
उनले समयको विकाससँगै लेखा परीक्षकमा पनि चुनौती थपिएका भन्दै त्यस्ता चुनौतीलाई अवसरको रुपमा रुपान्तरण गरी अगाडि बढ्नको लागि कार्यालयले आफूलाई सक्षम बनाउनुपर्ने धारणा राखे।
‘समयको विकाससँगै लेखा परीक्षकमा पनि चुनौती थपिएका छन् । त्यस्ता चुनौतीलाई अवसरको रुपमा रुपान्तरणगरी अगाडि बढ्नको लागि कार्यालयले आफूलाई सक्षम बनाउनुपर्छ । त्यसको लागि लेखा परीक्षणमा नविनतम प्रविधिको उपयोग गर्नुपर्ने कर्मचारीमा सक्षमता अभिवृद्धि गर्नुपर्ने देखिन्छ,’ उनले भने।
स्थानीय तहका लागि आर्थिक कार्यविधिसम्बन्धी कानुनको खाँचो देखिएको उनको भनाइ छ।












