Kathmandu Press

स्वास्थ्यमन्त्री पौडेल अस्पताल भर्ना

स्वास्थ्यमन्त्री पौडेल शुक्रबार थाइल्यान्ड भ्रमणबाट फर्किएका थिए। एक्कासी ज्वरो आएर विरामी परेपछि उनी शनिबार वीर अस्पताल भर्ना भएका हुन्। 
स्वास्थ्यमन्त्री पौडेल अस्पताल भर्ना

काठमाडौं, असार १५ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल विरामी भरेका कारण अस्पताल भर्ना भएका छन्। 

स्वास्थ्यमन्त्री पौडेल शुक्रबार थाइल्यान्ड भ्रमणबाट फर्किएका थिए। एक्कासी ज्वरो आएर विरामी परेपछि उनी शनिबार वीर अस्पताल भर्ना भएका हुन्। 

स्वास्थ्यमन्त्रीको सचिवालयका अनुसार ज्वरो आएपछि शनिबार वीर अस्पताल भर्ना गरिएको हो। 

अहिले अस्पतालको भीभीआईपी वार्डमा मन्त्री पौडेलको उपचार भइरहेको छ। 

प्रकाशित मिति: १५:१४ बजे, आइतबार, असार १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्