Kathmandu Press

पूर्वमन्त्री बस्नेत विशेष अदालतमा हाजिर

आजै विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बस्नेतको बयान हुँदैछ।
पूर्वमन्त्री बस्नेत विशेष अदालतमा हाजिर

काठमाडौं, असार १५ : नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचारमा मुछिएका पूर्वमन्त्री मोहनबहादुर बस्नेत आइतबार विशेष अदालतमा हाजिर भएका छन्।

पूर्वमन्त्री बस्नेत आफंैले अदालतमा उपस्थित हुनका लागि निवेदन दिएका थिए। आजै विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बस्नेतको बयान हुँदैछ। 

बयान सकिएपछि थुनछेक बहस भई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी तारेखमा राख्ने भन्ने बिषयको टुंगो लाग्ने छ। 

बस्नेत सञ्चार तथा सूचना प्रविधिमन्त्री भएका बेला गरिएको टेरामक्स प्रविधि खरिदको निर्णयमा भ्रष्टाचारको आरोप अख्तियारले लगाएको छ । उनी हाल कांग्रेस सांसदबाट निलम्वनामा छन् । 

 

प्रकाशित मिति: १४:५५ बजे, आइतबार, असार १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्