Kathmandu Press

सर्वोच्चमा प्रस्तावित न्यायाधीश पौडेलले भने– छिटो न्याय गर्न फरक मुद्दा व्यवस्थापनमा भूमिका खेल्ने छु 

‘न्यायिक प्रक्रिया पारदर्शी, पूर्वानुमानयोग्य तथा छिटो छरितो बनाउन वैज्ञानिक मुद्दा व्यवस्थापनको रुपमा उच्च अदालत तथा जिल्ला अदालतमा लागू गरिएको फरक मुद्दा व्यवस्थापन पद्धतिमा आवश्यक परिमार्जन गर्ने कुरा मेरो प्राथमिकतामा रहने छ,’ उनले भने।
सर्वोच्चमा प्रस्तावित न्यायाधीश पौडेलले भने– छिटो न्याय गर्न फरक मुद्दा व्यवस्थापनमा भूमिका खेल्ने छु 

काठमाडौं, असार १५ : सर्वोच्च अदालतको लागि प्रस्तावित न्यायाधीश श्रीकान्त पौडेलले सर्वोच्चको न्यायाधीश बनेपछि फरक मुद्दा व्यवस्थापन कार्यमा आफुले भूमिका खेल्ने बताएका छन्। 

संसदीय सुनुवाई समितिको आइतबारको बैठकमा बोल्दै पौडेलले यस्तो भनाई राखेका हुन्। साथै, मुद्दामा समयमै फैसला दिनुपर्ने बिषय आफ्नो प्राथमिकता रहने पनि प्रश्तावित न्यायाधीश पौडेलले बताए। 

Hardik ivf

‘न्यायिक प्रक्रिया पारदर्शी, पूर्वानुमानयोग्य तथा छिटो छरितो बनाउन वैज्ञानिक मुद्दा व्यवस्थापनको रुपमा उच्च अदालत तथा जिल्ला अदालतमा लागू गरिएको फरक मुद्दा व्यवस्थापन पद्धतिमा आवश्यक परिमार्जन गर्ने कुरा मेरो प्राथमिकतामा रहने छ,’ उनले भने।
 
प्रस्तावित न्यायाधीश पौडेलले इजलासको बहसको समय व्यवस्थापनमा पनि आफुले विशेष ध्यान दिने बताए। बार र बेन्चलाई व्यवस्थित बनाएर जाने योजना पनि पौडेलले सुनाए। 

अनलाइन मुद्दा दर्ता, न्यायालयमा सूचना प्रविधिको विकास, न्यायिक सुशासन कायम गर्न समेत आफ्नो सक्रिय सहभागिता रहने प्रतिबद्धता पौडेलको छ। 

न्यायिक प्रक्रिया पारदर्शी, पूर्वानुमानयोग्य तथा छिटो छरितो बनाउन वैज्ञानिक मुद्दा व्यवस्थापनको रुपमा उच्च अदालत तथा जिल्ला अदालतमा लागू गरिएको फरक मुद्दा व्यवस्थापन पद्धति सर्वोच्चमा पनि कार्यान्वयनका लागि आवश्यक पूर्वाधारको विकासमा आफुले सक्दो योगदान गर्ने भनाई पौडेलको थियो। 

‘यस्को विकास गर्नसके न्यायपालिकाप्रति मुद्दा ढिलो भयो भन्ने जुन गुनासो छ, पूर्वानुमान योग्य बनाउन यसले धेरै काम गर्ने विश्वास छ,’ पौडलले भने।

प्रकाशित मिति: १४:५४ बजे, आइतबार, असार १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्