Kathmandu Press

प्रस्तावित न्यायाधीश पोखरेललाई प्रक्रियाबाट अलग हुन बर्तौलाको सुझाव 

‘मेरो व्यक्तिगत मत के हो भने यो प्रक्रियाबाट तपाईं अलग्गिनु राम्रो हुन्छ। तपाईं योभन्दा अगाडि नजाने गरी बाहिरिनुस् यो मेरो व्यक्तिगत सुझाव हो।’
प्रस्तावित न्यायाधीश पोखरेललाई प्रक्रियाबाट अलग हुन बर्तौलाको सुझाव 

काठमाडौं, असार १५ : सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई न्यायाधीश प्रक्रियाबाट अलग हुन सुझाएका छन्। 

बर्तौलाले पोखरेल विगतमा सक्रिय राजनीतिमा आबद्ध रहेको र व्यापारिक घरानाबाट प्रभावित हुने गरेको आरोप समेत लगाए। 

संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा पोखरेलले आफ्ना योजना राखेपछि बर्तौलाले यस्तो सुझाव दिएका हुन्। पोखरेलले सुनुवाइ समितिको बैठकमा आफ्ना योजना राख्दै यदि सर्वोच्चको न्यायाधीशमा अनुमोदित भए राजनीतिक पहिरन छाड्ने बताए। 

मुख्यसचेतक बर्तौलाले भने, ‘मेरो व्यक्तिगत मत के हो भने यो प्रक्रियाबाट तपाईं अलग्गिनु राम्रो हुन्छ। तपाईं योभन्दा अगाडि नजाने गरी बाहिरिनुस् यो मेरो व्यक्तिगत सुझाव हो।’

बर्तौलाले पोखरेल व्यवसायिक घरानाको प्रतिनिधित्व गर्दै एक बैंकको सञ्चालक समेत बनेको पाइएको समेत बताए। साथै बर्तौलाले चर्चित व्यवसायिक घरानाबाट बढी प्रभावित भएर हिँड्ने गरेको भनेर प्रश्न समेत उठ्ने गरेको बताए। 

प्रकाशित मिति: १४:५० बजे, आइतबार, असार १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्