Kathmandu Press

आज पाँच वटा संसदीय समितिको बैठक बस्दै

आइतबार प्रतिनिधि सभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बस्दै छ । बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विषय विज्ञहरूबाट प्रस्तुतिकरण र छलफल हुने छ । 
आज पाँच वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, असार १५ : आज संघीय संसद अन्तरगत पाँच समितिको बैठक बस्दै छ । 

आइतबार प्रतिनिधि सभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बस्दै छ । बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विषय विज्ञहरूबाट प्रस्तुतिकरण र छलफल हुने छ । 

Hardik ivf

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउनुहुने माननीयहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ । 

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची राखिएको छ । 

बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि  दफावार छलफल हुनेछ । त्यस्तै ,सदीय सुनुवाइ समिति (संयुक्त) को बैठक पनि आज बस्दै छ । 

बिहान ८ बजे बस्ने बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश र न्याय परिषद्का सदस्यको सुनुवाइ गर्ने कार्यसूची रहेको छ । 
 

प्रकाशित मिति: ०८:२० बजे, आइतबार, असार १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्