कपिलवस्तुमा थप तीन जनामा कोरोनाको संक्रमण
चन्द्राैटा, वैशाख २७ : कपिलवस्तुमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडाैंमा गरिए....

चन्द्राैटा, वैशाख २७ : कपिलवस्तुमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडाैंमा गरिएको परीक्षणमा पकडीस्थित छत्रपाली तीर्थादेवी माविको क्वारेन्टाइनमा बसेका मध्ये तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
१७ तथा १८–१८ वर्षीय तीन पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै कपिलवस्तुमा कोरोना पोजेटिभको संख्या पाँच पुगेको छ।
यसअघि क्वारेन्टाइनमा रहेका ६५ मध्ये १२ जनाको परीक्षण गर्दा दुई जनामा कोरोनाको संक्रमण भेटिएको थियो।
प्रकाशित मिति: ११:१५ बजे, शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











