Kathmandu Press

उपप्रधानमन्त्री सिंहलाई प्रधानमन्त्रीको कार्यभार 

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान गरेपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी सिंहलाई दिएका हुन्। 
उपप्रधानमन्त्री सिंहलाई प्रधानमन्त्रीको कार्यभार 

काठमाडौं, असार १४ : कार्यबहाक प्रधानमन्त्रीको जिम्मवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान गरेपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी सिंहलाई दिएका हुन्। 

Hardik ivf

प्रधानमन्त्री केपी ओली स्पेनमा आयोजना हुने राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ भाग लिन आजै साँझ त्यसतर्फ प्रस्थान गरेका थिए। 

उनको अनुपस्थितिमा सम्पादन गर्ने दैनिक प्रशासनिक कार्यभार उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्नेगरी तोकेका हुन्।

नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री सिंहलाई प्रधानमन्त्रीको दैनिक प्रशासनिक  जिम्मेवारी सम्हाल्नेगरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २०:४७ बजे, शनिबार, असार १४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्