Kathmandu Press

गैरआवसीय नेपाली नागरिकता सम्बन्धि विधेयक चाँडै सदनमा प्रस्तुत गरिने

संविधानले भने अनुसार आर्थिक, सामाजिक, सास्कृतिक अधिकारहरु पूर्णरुपले उपभोग गर्न पाउनेगरी गैरआवसीय नेपाली नागरिकता सम्बन्धि विधेयक चाडै सदनमा प्रस्तुत गरिनेछ।’
गैरआवसीय नेपाली नागरिकता सम्बन्धि विधेयक चाँडै सदनमा प्रस्तुत गरिने

काठमाडौं, असार १४ : गृहमन्त्री रमेश लेखकले गैर आवसीय नेपाली नागरिकता सम्बन्धि विधेयक चाडै सदनमा प्रस्तुत गरिने बताएका छन्। 

शुक्रबार बसेको प्रतिनिधि बैठकमा उठेका विषयको जवाफ दिंदै उनले संविधानले व्यवस्था गरेनुसार गैर आवसीय नेपाली नागरिकहरुका निमित्त नागरिकताको विधेयकको तयारी गरिरहेकोे बताएका हुन्।

Hardik ivf

‘संविधानले भने बमोजिम सरकारले गैर आवसीय नेपाली नागरिकहरुका निमित नागरिकताको विधेयक तयारी गर्न अगाडि बढेका छौं,’ उनले भने, ‘संविधानले भने अनुसार आर्थिक, सामाजिक, सास्कृतिक अधिकारहरु पूर्णरुपले उपभोग गर्न पाउनेगरी गैरआवसीय नेपाली नागरिकता सम्बन्धि विधेयक चाडै सदनमा प्रस्तुत गरिनेछ।’

गृहमन्त्री लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१मा गैर आवसीय नेपाली नागरिकहरुलाई नसमेटिएको भन्दै यसका लागि छुट्टै विधेयकको तयारी गरेको बताए।  

उनले यो विधेयकमा नागरिकता संवेदनशील विषय भएको भन्दै नागरिकता नपाउनुपर्ने नागरिकले नागरिकता नपाओस् भन्ने कुरामा स्पस्ट रहेको बताए। 

‘नागरिकता संवेदनशील विषय हो। नेपाली नागरिकता पाउनुपर्ने नागरिक नागरिकताविहीन नरहोस् पाउन नपर्ने मानिसले नागरिकता नपाओस् भन्ने कुरामा संविधान स्पस्ट छ,’ उनले भने। 

प्रकाशित मिति: २०:१९ बजे, शनिबार, असार १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्