Kathmandu Press

चीनको चाङ्सातर्फ उड्यो नेपाल एयरलाइन्सको जहाज

काठमाडाैं, वैशाख २७ : चीनको चाङ्साबाट स्वास्थ्य सामग्री ल्याउन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज त्यसतर्फ उडेको छ। 

....
चीनको चाङ्सातर्फ उड्यो नेपाल एयरलाइन्सको जहाज

काठमाडाैं, वैशाख २७ : चीनको चाङ्साबाट स्वास्थ्य सामग्री ल्याउन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज त्यसतर्फ उडेको छ। 

निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि चाङ्शा उडेको विमानस्थलले जनाएको छ। चाङ्साबाट स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज गन्तव्यतर्फ गएको निगमका प्रवक्ता अर्चना खड्काले बताए। निजी क्षेत्रका व्यवसायीले स्वास्थ्य सामग्री ल्याउन निगमको जहाज कार्गो चार्टर्ड गरेका हुन्। निगमको चीनका विभिन्न गन्तव्यमा यो छैटाैं उडान हो। 

यसअघि वैशाख २४ गते निगमको वाइडबडी जहाजले चीनको बेइजिङबाट स्वास्थ्य सामग्री ल्याएको थियो। चीनको राजधानी बेइजिङमा निगमले पहिलोपटक चार्टर्ड उडान गरेको थियो।

लकडाउनको अवधिमा सर्वाधिक अन्तर्राष्ट्रिय उडान गरिरहेको निगमले चीनका विभिन्न शहरमा छ कार्गो उडान गरेको छ। त्यस्तै पाँच चार्टर्ड उडान गरेको छ। लामो दूरीको अष्ट्रेलियाको सिड्नी र ब्रिश्वेनमा चार्टड उडान गर्‍यो भने जापानको नारिता, भारतको नयाँ दिल्ली र बङ्गलादेशको ढाकामा पनि चार्टर्ड उडान गरेको थियो। रासस

प्रकाशित मिति: ११:०७ बजे, शनिबार, वैशाख २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्