Kathmandu Press

पार्टीभित्र थुप्रै किसिमका विचलनहरू देखिन थालेका छन् : अध्यक्ष दाहाल

‘कमरेड कृष्णलाल श्रेष्ठ आफैं तपाईं, हामी सबैका निम्ति आदर्श पात्र हुनुहुन्थ्यो । उहाँले पार्टी आन्दोलन, समाजसेवा र कठिन परिस्थितिमा रहेका कमरेडहरूको पीडामा सधैं साथ दिनुभएको थियो,’ उनले भने।
पार्टीभित्र थुप्रै किसिमका विचलनहरू देखिन थालेका छन् : अध्यक्ष दाहाल

काठमाडौं, असार १४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय सल्लाहकार तथा वरिष्ठ नेता कृष्णलाल गोजा श्रेष्ठको श्रद्धाञ्जली सभामा बोल्दै उनको निधनले पार्टीले आदरणीय अभिभावक गुमाएको महसुस गरेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प्रचण्डले श्रेष्ठको योगदानलाई उच्च सम्मान व्यक्त गर्दै कमरेड कृष्णलाल श्रेष्ठ सबैको निम्ती आर्दश पात्रको रुपमा भएको बताएका हुन्।

‘कमरेड कृष्णलाल श्रेष्ठ आफैं तपाईं, हामी सबैका निम्ति आदर्श पात्र हुनुहुन्थ्यो । उहाँले पार्टी आन्दोलन, समाजसेवा र कठिन परिस्थितिमा रहेका कमरेडहरूको पीडामा सधैं साथ दिनुभएको थियो,’ उनले भने।

अध्यक्ष दाहालले हाल पार्टी भित्र देखिएको वैचारिक, राजनीतिक, व्यवहारिक र सांस्कृतिक विचलनप्रति चिन्ता व्यक्त गर्दै पार्टीलाई फेरि समाजवादको दिशातर्फ अग्रसर गराउने संकल्पमा सबैले दृढ प्रतिबद्धता व्यक्त गर्न आवश्यक रहेको बताए। 

‘आजभोलि पार्टीभित्र थुप्रै किसिमका विचलनहरू देखिन थालेका छन्, उनले भने, ‘यी सबैसँग जुध्दै समाजवादको यात्रामा अगाडि बढ्न हामी सबै थप प्रतिवद्ध हुनुपर्छ।’ 
 
प्रकाशित मिति: १४:४१ बजे, शनिबार, असार १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्