Kathmandu Press

समिति झारा टार्ने खालको भयो, संसद अवरोध जारी रहन्छ : सांसद ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको विशेष छलफल पश्चात उनले यो समितिले समस्या समाधान गर्न र दोषिलाई कारबाहीको दायरामा ल्याउन कुनै पनि काम गर्न नसक्ने बताए। 
समिति झारा टार्ने खालको भयो, संसद अवरोध जारी रहन्छ : सांसद ढकाल

काठमाडौं, असार १४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले भिजिट भिसा सम्बन्धी छानबिन गर्न बनेको समिति झारा टार्ने खालको मात्र भएको बताएका छन्। 

शनिबार भिजिट भिसा काण्डसँग सम्बन्धित पछिल्ला विकसित घटनाहरूका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको विशेष छलफल पश्चात उनले यो समितिले समस्या समाधान गर्न र दोषिलाई कारबाहीको दायरामा ल्याउन कुनै पनि काम गर्न नसक्ने बताए। 

‘भिजिट भिसा सम्बन्धी छानबिन गर्न जुन समिति गठन गरियो त्यो एकदमै झारा टार्ने खालको समिति छ। यसले समस्या समाधान गर्न र दोषिलाई कारबाहीको दायरामा ल्याउन कुनै पनि काम गर्न सक्दैँन् भनेर निष्कर्ष निकालेको छ। संसद हाम्रो आन्दोलन जारी नै रहने छ,’ उनले भने।
 

प्रकाशित मिति: १४:२० बजे, शनिबार, असार १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्