Kathmandu Press

भोटेकोशीमा भएको बालिका बलात्कारको घटनालाई गम्भीरतापूर्वक लिन माग

शनिवार बसेको प्रतिनिधि सभामा बोल्दै उनले घटनामा संलग्न पाँच जनालाई  नियन्त्रण लिन सफल भएको प्रहरी उपरिक्षक रामेश्वर कार्कीसहित नेपाल प्रहरीलाई आभार व्यक्त गर्दै यो घटनालाई गम्भिरतापूर्वक लिन सरकारलाई आग्रह समेत गरेका हुन्। 
भोटेकोशीमा भएको बालिका बलात्कारको घटनालाई गम्भीरतापूर्वक लिन माग

काठमाडौं, असार १४ : नेकपा माओवाद केन्द्रका सांसद माधव सापकोटाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा भएको बालिका बलात्कारको घटनामा संलग्नलाई हदैसम्मको कारवाहीको माग गरेका छन्। 

शनिवार बसेको प्रतिनिधि सभामा बोल्दै उनले घटनामा संलग्न पाँच जनालाई  नियन्त्रण लिन सफल भएको प्रहरी उपरिक्षक रामेश्वर कार्कीसहित नेपाल प्रहरीलाई आभार व्यक्त गर्दै यो घटनालाई गम्भिरतापूर्वक लिन सरकारलाई आग्रह समेत गरेका हुन्। 

‘बालिका बलात्कारको घटनामात्र होइन समाजमा कस्तो प्रकारको अपराधिक मानसिकता छ भन्ने कुरा देखिन गएको छ। यसलाई निकै गम्भिरतापूर्वक लिन जरुरी छ,’ उनले भने, ‘दोषीलाई अधिकतम प्रकारको कारवाही गर्ने र पीडित परिवारलाई शिघ्र राहत र न्यायिक सहायता एवम मनोवैज्ञानिक परामर्शकालागि वातावरण बनाउने र यस्ता घटनाहरु पूर्नरावृत्ति हुन नदिनको लागि प्रभावकारी उपाय अपनाउन अनुरोध छ।’ 

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउपालिकाकी १२ वर्षीय निषा तामाङ्ग ७ कक्षामा पढ्ने अबोध बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेर फ्याकिएको अवस्थामा गत ११ गते शव फेला परेको थियो। 
 
प्रकाशित मिति: १३:२७ बजे, शनिबार, असार १४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्