२६ सयले घट्यो सुनको मूल्य
काठमाडौं, फागुन २२ : गत फागुन ८ गते इतिहासकै महँगो ६३ हजार तीन सय रुपैयाँसम्म पुगेको सुनको मूल्य पछिल्लो दुई साता यता भने निरन्तर घट्दो क्रममा रहेको छ....

काठमाडौं, फागुन २२ : गत फागुन ८ गते इतिहासकै महँगो ६३ हजार तीन सय रुपैयाँसम्म पुगेको सुनको मूल्य पछिल्लो दुई साता यता भने निरन्तर घट्दो क्रममा रहेको छ ।
सुनको भाउ दुई हप्तामा प्रति तोला दुई हजार ६ सय रुपैयाँले घटेको हो । लगातार घट्दै गएको सुनको मूल्य बुधबार ६० हजार सात सय रुपैयाँमा कारोबार भएको छ । सुनको मूल्य मंगलबारको तुलनमा बुधबार तीन सय रुपैयाँले घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्ने क्रममा यसको असर नेपाली बजारमा पनि परेको थियो । गत ८ गते अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औन्स १३४३.३० डलससम्ममा कारोबार भएको थियो । त्यसै दिन नेपाली बजारमा पनि अधिकतम ६३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
अमेरिकी अर्थतन्त्रमा केहि सुधारका संकेत देखा पर्न थालेसँगै सुन मूल्य ओरालो लागेको हो । डलर मजबुत हुने क्रम बढेसँगै सुनको भाउ घट्न थालेको हो ।











-1754206481.jpg)