Kathmandu Press

नैतिकता भए गृहमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद कार्की

‘विपीले भन्नु भएको थियो, जो कार्यकर्ताहरु नेताको अन्याय सहेर बस्छन्। कि त उनीहरु चरम अवसरवादीहरु हुन्, कि त दास हुन्। म सोध्न चाहन्छु तपाईहरु कुन वर्गमा पर्नुहुन्छ?’
नैतिकता भए गृहमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद कार्की

काठमाडौं, असार १४ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले गृहमन्त्रीले मानव तस्करीको नाममा निमूखा नेपाली जनताहरुमाथि लुट मच्चाएको आरोप लगाएकी छिन्। 

शनिबार प्रतिनिधि सभाको बैठकमा उनले बीपी कोइरालाको भनाइको प्रसंग जोड्दै नेताको अन्याय सहेर बस्ने चरम अवसरवादीहरु र दास हुने भन्दै सत्ता पक्षलाई कुन वर्गमा परेको भनेर पनि प्रश्न गरिन्। 

‘गृहमन्त्रीज्यूलाई मेरो एउटा प्रश्न छ, मानव तस्करीको नाममा निमुखा नेपाली जनताहरुलाई किन लुटिँदैछन्। तपाईसँग यसको जवाफ छ,’ उनले भनिन्, ‘अर्को पनि एउटा सुझाव छ, विपीले भन्नु भएको थियो, जो कार्यकर्ताहरु नेताको अन्याय सहेर बस्छन्। कि त उनीहरु चरम अवसरवादीहरु हुन्, कि त दास हुन्। म सोध्न चाहन्छु तपाईहरु कुन वर्गमा पर्नुहुन्छ।’

यस्तै, उनले गृहमन्त्रीले आफू उम्किने समिति बनाएकोमा बधाइ भन्दै धेरे समय उम्केर बस्न नसक्ने बताइन्। 

‘मैले त गृहमन्त्रीलाई अलिकति सोझो मानेको थिएँ, उहाँ त धेरै बाठो हुनुहँुदोरहेछ। उहाँले यस्तो समिति बनाउनु भयो कि त्यो समितिबाट उहाँलाई फुत्किनलाई धेरै सजिलो भयो। र कमाई बचाउनको लागि पनि धेरै सजिलो भयो,’ उनले भने, ‘गृहमन्त्रीज्यू धेरै फूर्ती नदेखाउनु। तपाईले भिजिट भिसाको नाममा जुन पैसा असुली गरिराख्नु भएको छ। नेपाली जनतालाई बेचिराख्नु भएको छ। के यो नैतिकताले दिन्छ। आफू उम्किने समिति बनाउनु भएको छ तपाइँलाई बधाइ भन्न चाहन्छु। तर उम्केर बस्न सक्नु हुँदैन्। तपाईसँग नैतिकता छ भने राजीनामा दिनुपर्छ।’ 
 

प्रकाशित मिति: १२:३६ बजे, शनिबार, असार १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्