Kathmandu Press

प्रधानमन्त्री आज स्पेन जाँदै 

राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री स्पेनको सेभिल्लामा हुन लागेको उक्त सम्मेलनमा जान लागेका हुन्। 
प्रधानमन्त्री आज स्पेन जाँदै 

काठमाडौं, असार १४ : प्रधानमन्त्री केपी ओली आज भ्रमणमा स्पेन जाँदै छन्। 

‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडि–४)’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी स्पेन जान लागेका हुन्। 

Hardik ivf

राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री स्पेनको सेभिल्लामा हुन लागेको उक्त सम्मेलनमा जान लागेका हुन्। 

भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नेछन् भने स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र स्पेनका समकक्षी सान्चेजसँग भेटवार्ता पनि गर्ने छन्। साथै, विश्वका अन्य मुलुकका नेताहरूसँग भेटवार्ता गर्ने कार्यसूची पनि रहेको छ।

यो सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधि सहभागी हुनेछन्। 
 

प्रकाशित मिति: ११:१५ बजे, शनिबार, असार १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्