Kathmandu Press

मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा लिएर जान चाहान्छौंः शंकर पोखरेल

मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा लिएर जान चाहान्छौंः शंकर पोखरेल

काठमाडौं, असार १४: नेकपा एमालेका महासचिव शंखर पोखरेलले मिसन ८४ को माध्यमबाट मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा लिएर जान खोजेको बताएका छन् । 

जननेता मदन भण्डारीको ७४ औं जन्म जयन्तीको अवसरमा शनिबार काठमाडौंमा आयोजित पद यात्रा कार्यक्रममा उनले समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्न पार्टी अगाडि बढेको भन्दै त्यसका लागि मिसन ८४ महत्वपूर्ण भएको बताए । 

हामीले अहिले समृद्ध नेपाल सुखी नेपालीको आकांक्ष पूरा गर्नका लागि पार्टीलाई अगाडि बढाई रहेका छाैं,` उनले भने ´मिसन ८४ पनि एउटा महत्वपूर्ण कडि हो जसको माध्यमबाट हामी मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा लिएर जान चाहान्छौं।’ 

नेपालको भविष्य उज्यालो छ र त्यो भविष्यको निर्माण जनताको बहुदलिय जनवादबाट हुने पनि उनको भनाई छ।

प्रकाशित मिति: १०:३१ बजे, शनिबार, असार १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्