Kathmandu Press

बैरागी नेतृत्वको छानविन समिति पदाधिकारीले पत्र बुझे  

शुक्रबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बैरागीसहितका पदाधिकारीलाई पत्र प्रदान गरिएको छ। पत्रमा गृहसचिव गोकर्णमणि दुवाडीले हस्ताक्षर गरेका छन्। 
बैरागी नेतृत्वको छानविन समिति पदाधिकारीले पत्र बुझे  

काठमाडौं, असार १३ : अध्यागमन र भिजिट भिसा सम्बन्धमा समस्या समाधानका लागि गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समितिका पदाधिकारीले काम शुरु गर्न औपचारिक पत्र बुझेका छन्। 

गत असार ९ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदाश बैरागीको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरिएको थियो। शुक्रबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बैरागीसहितका पदाधिकारीलाई पत्र प्रदान गरिएको छ। पत्रमा गृहसचिव गोकर्णमणि दुवाडीले हस्ताक्षर गरेका छन्। 

Hardik ivf

समितिमा अर्थ मन्त्रालयका सहसचिव तीर्थराज चिलवाल, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहसचिव अरुणा जोशी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइराला सदस्य छन्। सदस्यसचिवमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले छन्।

पत्र बुझेलगत्तै समितिको शुक्रबार अनौपचारिक बैठक समेत बसेको छ । बैरागी नेतृत्वको समितिलाई अध्यागमनमा विगतदेखि देखिएका नीतिगत र प्रक्रियागत समस्याको पहिचान गरी सुधारका सुझावसहित प्रतिवेदन बुझाउने कार्यादेश सरकारले दिएको छ।

मितिले विगतदेखि भिजिट भिसा र अध्यागमनका सम्बन्धमा देखिएका नीतिगत र प्रक्रियागत समस्याको पहिचान गरी समाधानका उपाय सिफारिस गर्ने छ । समितिले काम सुरु गरेपछि तीन महिनाभित्र काम सक्ने कार्यादेश मन्त्रिपरिषद् बैठकले दिएको छ।


 

प्रकाशित मिति: २१:२८ बजे, शुक्रबार, असार १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्