Kathmandu Press

प्रस्तावित न्यायाधीशका उजुरीकर्तासँग समितिमा छलफल, आइतबार सुनुवाई 

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाविरुद्ध उजुरी दिएका उजुरीकर्ताहरूसँग छलफल गरेको थियो। 
प्रस्तावित न्यायाधीशका उजुरीकर्तासँग समितिमा छलफल, आइतबार सुनुवाई 

काठमाडौं, असार १३ : सर्वोच्च अदालतमा प्रश्तावित तीन न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग संसदीय सुनुवाइ विशेष समितिले छलफल गरेको छ। 

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाविरुद्ध उजुरी दिएका उजुरीकर्ताहरूसँग छलफल गरेको थियो। 

Hardik ivf

प्रस्तावित न्यायाधीश पोखरेल र श्रीकान्त पौडेलविरुद्ध दुई÷दुई वटा उजुरी परेको छ भने अर्का प्रस्तावित न्यायाधीश थापाविरुद्ध एउटा उजुरी परेको छ। 

उजुरीकर्तासँगको छलफल सकिएसँगै समितिले आगामी आइतबार सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको संसदीय सुनुवाइ गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: १९:४३ बजे, शुक्रबार, असार १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्