Kathmandu Press

एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा विपी प्रतिष्ठान पर्दैन : महामन्त्री थापा

सर्वदलीय संयुक्त पत्र बुझ्दै महामन्त्री थापाले वीपीलाई विश्वविद्यालय निर्माण गर्न सके पूर्वमा अन्य पाँचवटा स्वास्थ्य प्रतिष्ठान थप गर्ने बाटो समेत खुल्ने बताए। 
एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा विपी प्रतिष्ठान पर्दैन : महामन्त्री थापा

काठमाडौं, असार १३ : विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनभित्र नपर्ने नेपाली कांग्र्रेसका महामन्त्री गगन थापाले बताएका छन्। 

थापाले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट अलग गरी चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन पहलका लागि काठमाडौं आएका सर्वदलीय टोलीसँग कुराकानी गर्दै विपी प्रतिष्ठानलाई चिकित्सा विज्ञान प्रतिष्ठान बनाउन उपयुक्त संरचना र आधारहरु भएको बताए। 

शुक्रबार टोलीले थापालाई ध्यानाकर्षणपत्र बुझाएका थिए। सर्वदलीय संयुक्त पत्र बुझ्दै महामन्त्री थापाले वीपीलाई विश्वविद्यालय निर्माण गर्न सके पूर्वमा अन्य पाँचवटा स्वास्थ्य प्रतिष्ठान थप गर्ने बाटो समेत खुल्ने बताए। 

छाता ऐनमा लाने सरकारको तयारीप्रति धराने जनताको गम्भिर असहमति रहेको ध्यानाकर्षणपत्रमा उल्लेख छ । पत्रप्रति सहमति जनाउँदै महामन्त्री थापाले छाता ऐन पुरानो योजना भएकाले हरेक प्रतिष्ठानहरुको आ आफ्नै विशेषताहरु रहेको बताए। 

सर्वदलीय टोलीमा नेपाली काग्रेस धरान सभापति श्याम पोखरेल, नेकपा (एमाले) कोशी प्रदेश सदस्य भीमज्वाला राई, मैसम राई, नेकपा माओवादी केन्द्र धरान अध्यक्ष उद्धव लिम्बू, जनता समाजवादी पार्टी नेपालका धरान अध्यक्ष ताजुव लिम्बू रहेका थिए। 
 

प्रकाशित मिति: १८:५२ बजे, शुक्रबार, असार १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्