सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा विष्ट
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले विष्टको संयोजकत्वमा समिति गठनको निर्णय गरेको हो।
काठमाडौं, असार १३ : सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा पूर्वसचिव रघुराम विष्ट नियुक्त भएका छन्।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले विष्टको संयोजकत्वमा समिति गठनको निर्णय गरेको हो।
समितिको सदस्यहरूमा इन्जिनियरिङ सेवाबाट रोहितकुमार बिसुराल र थानेश्वर गौतमलाई नियुक्त भएका छन्।
सार्वजनिक खरिद ऐन, २०६३ अनुसार सार्वजनिक खरिद पुनरावलोकन समिति गठन गरिएको हो।
प्रकाशित मिति: १८:२५ बजे, शुक्रबार, असार १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार