Kathmandu Press

सहकारीको कर्जा असुल गर्न न्यायाधीकरण गठन 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्ताव अनुरुप कृतिबहादुर बस्नेतको अध्यक्षतामा न्यायाधीकरण गठन गरेको हो। 
सहकारीको कर्जा असुल गर्न न्यायाधीकरण गठन 

काठमाडौं, असार १३ : सरकारले सहकारीको कर्जा असुल गर्न न्यायाधीकरण गठन गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्ताव अनुरुप कृतिबहादुर बस्नेतको अध्यक्षतामा न्यायाधीकरण गठन गरेको हो। 

Hardik ivf

उक्त न्यायाधीकरणको सदस्यहरूमा धनकुटाका वसन्त पराजुली र तनहुँका गोविन्द शर्मा गैरै रहेका छन्। 

यसअघि ऋण असुली न्यायाधीकरण भए पनि सहकारीको कर्जा असुली सम्बन्धी विवादहरू समाधान गर्ने निकायको अभाव थियो। सहकारी ऐन, २०७४ अनुरुप न्यायाधीकरण गठन गरिएको हो। 

सहकारी छानबिन सम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन समेत भिन्नै न्यायाधीकरण बनाउन सुझाएको थियो। 

प्रकाशित मिति: १८:१० बजे, शुक्रबार, असार १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्