Kathmandu Press

प्रधानमन्त्री ओली शनिबार साँझ स्पेन भ्रमणमा जाने 

प्रधानमन्त्रीको सचिवालयका अनुसार असार १६ गतेदेखि २१ गतेसम्म प्रधानमन्त्री ओलीको स्पेन भ्रमण तय भएको छ। 
प्रधानमन्त्री ओली शनिबार साँझ स्पेन भ्रमणमा जाने 

काठमाडौं, असार १३ : प्रधानमन्त्री केपी शर्मा ओली शनिबार स्पेनको औपचारिक भ्रमणका लागि प्रश्थान गर्ने भएका छन्।

प्रधानमन्त्री ओली स्पेनमा आयोजना हुने विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन शनिबार साँझ त्यसतर्फ जान लागेका हुन्। 

Hardik ivf

प्रधानमन्त्रीको सचिवालयका अनुसार असार १६ गतेदेखि २१ गतेसम्म प्रधानमन्त्री ओलीको स्पेन भ्रमण तय भएको छ। 

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनी समकक्षी पेड्रो सेन्चेजसँग द्विपक्षीय भेटवार्ता गर्ने जनाइएको छ । सो अवसरमा दुई देशीय विकास साझेदारीका केही समझदारीपत्रमा हस्ताक्षर हुने कार्यसूची समेततय भएको छ।

प्रधानमन्त्री ओलीले सम्मेलनका अवसरमा स्पेनमा अन्य विभिन्न मुलुकका समकक्षी तथा सहयोगी निकायका उच्च अधिकारीसँग छलफल गर्ने गरी स्पेनस्थित नेपाली दूतावासले तयारी गरिरहेको सचिवालयले जनाएको छ। 

औपचारिक कार्यक्रमबाहेक त्यहाँस्थित नेपाली समुदायसँग पनि अन्तक्र्रिया गर्ने कार्यक्रम छ। नेपालसँग स्पेनको सन् १९६८ मा दौत्य सम्बन्ध स्थापना भएको हो। 
 

प्रकाशित मिति: १७:२५ बजे, शुक्रबार, असार १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्