Kathmandu Press

हिमाल हस्पिटल र डाक्टरबाट डेढ करोड रुपियाँ क्षतिपूर्ति भराउने फैसला

बिहीबार अदालतका अध्यक्ष रामप्रसाद शर्मा, सदस्यद्वय गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो। 
हिमाल हस्पिटल र डाक्टरबाट डेढ करोड रुपियाँ क्षतिपूर्ति भराउने फैसला

काठमाडौं, असार १३ : उपभोक्ता अदालतले उपचारमा लापरबाही भएको ठहर गर्दै एउटा मुद्दामा हिमाल हस्पिटल प्रालि र उपचारमा संलग्न डाक्टरबाट करिब डेढ करोड रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ।

हिमाल हस्पिटल प्रालि र उपचारमा संलग्न डाक्टरलाई एक करोड ४५ लाख रुपियाँ क्षतिपूर्ति तिराउने फैसला भएको हो। 

Hardik ivf

बिहीबार अदालतका अध्यक्ष रामप्रसाद शर्मा, सदस्यद्वय गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो। 

अदालतले पीडित पक्षलाई हिमाल अस्पताल व्यवस्थापनबाट ७० प्रतिशत र उपचारमा संलग्न चिकित्सक जयदेव यादवबाट ३० प्रतिशत क्षतिपूर्ति तिराउने फैसला गरेको छ । फैसला अनुसार अस्पतालले एक करोड एक लाख ८० हजार र चिकित्सक यादवले ४३ लाख ६३ हजार क्षतिपूर्ति तिर्नुपर्ने छ। 

२०७९ माघ २३ गते उपचारका लागि लगिएकी गंगा गौतमकी दुई वर्ष चार महिनाकी छोरी प्रशंसा गौतमको मृत्यु भएपछि उपचारमा लापरबाहीको कारण भएको भन्दै पीडित अभिभावक अदालत पुगेका थिए।

उनीहरुले लामो समय आन्दोलन समेत गरेका थिए। शुरुमा अभिभावकले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएका थिए। काउन्सिलबाट पनि उपचारमा संलग्न चिकित्सकको लापरबाही ठहर भएको थियो। 

लापरबाही ठहर्याए पनि मेडिकल काउन्सिलबाट चेतावनी मात्रै दिने निर्णय भएपछि पीडित उपभोक्ता अदालत पुगेका हुन्। 

प्रकाशित मिति: १७:२१ बजे, शुक्रबार, असार १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्