Kathmandu Press

पार्टीलाई बलियो बनाउनुबाहेक अर्को कुनै उद्देश्य आफूसँग छैन : सभापति देउवा

‘पार्टीभित्रको रोग पनि हटाउनुछ। पार्टीकै कारणले म सभापति भएँ, प्रधानमन्त्री पनि भएँ। यसकारणले यसलाई अझै राम्रो बनाउनुबाहेक मेरो उद्देश्य छैन। पार्टीलाई एक बनाउनुछ,’ उनले भने, ‘टिकट एउटाले पाउँछ नपाउने हराउन लागि हाल्छ। यो रोग पनि हटाउनुछ।’ 
पार्टीलाई बलियो बनाउनुबाहेक अर्को कुनै उद्देश्य आफूसँग छैन : सभापति देउवा

चितवन, असार १३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउनुबाहेक अर्को कुनै उद्देश्य आफूसँग नभएको भनाई राखेका छन्। 

शुक्रबार चितवनमा कांग्रेस नेतृ गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा बोल्दै देउवाले यस्तो भनाई राखेका हुन्। देउवाले पार्टीभित्रको रोग हटाएर एक हुनुपर्ने आवश्यकता पनि औंल्याए। 

‘पार्टीभित्रको रोग पनि हटाउनुछ। पार्टीकै कारणले म सभापति भएँ, प्रधानमन्त्री पनि भएँ। यसकारणले यसलाई अझै राम्रो बनाउनुबाहेक मेरो उद्देश्य छैन। पार्टीलाई एक बनाउनुछ,’ उनले भने, ‘टिकट एउटाले पाउँछ नपाउने हराउन लागि हाल्छ, यो रोग पनि हटाउनुछ।’ 

सभापति शेरबहादुर देउवाले अन्तर्घातको रोगले चुनावमा बहुमत ल्याउन नसक्ने समस्या रहेको समेत बताए। एक्लैको बहुमत नआउने भएपछि कुनै न कुनै पार्टीसँग मिल्नै पर्ने बाध्यता रहेको सभापत देउवाको भनाई थियो। 

पार्टीको बहुमत नआएपछि कहिले माओवादीसँग, कहिले एमालेसँग मिल्नुपर्ने बाध्यता रहेको पनि देउवाले बताए। आफ्नो राजनीतिबाट रिटायर्ड हुने बेला आएको बताउँदै पार्टीलाई एक बनाउने इच्छा रहेको पनि सुनाए। 

‘हामी एक हुने हो भने हाम्रो पार्टीले एक्लैले बहुमत ल्याउन सक्छ,’ देउवाले भने, ‘म रिटायर्ड हुँदैछु । पार्टीलाई एक बनाउने इच्छा छ।’ 

सभापति देउवाले अहिलेको संविधान धेरै राम्रो र समावेशी भएको समेत बताए । संविधानलाई थप बलियो बनाउनुपर्ने भनाई पनि उनले राखे। 

प्रकाशित मिति: १६:०४ बजे, शुक्रबार, असार १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्