Kathmandu Press

कांग्रेसको पार्टी कार्यालय विस्तारका लागि १९ आना जग्गा र घर खरिद 

कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने भन्दै कार्यालय अगाडिपट्टी रहेको एक रोपनी तीन आना तीन पैसा (१९ आना) जग्गा र सोही जग्गामा बनेको एउटा तीन तले घर खरिद गरेकाे हाे ।
कांग्रेसको पार्टी कार्यालय विस्तारका लागि १९ आना जग्गा र घर खरिद 

काठमाडौं, असार १३ : नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय विस्तारका लागि १९ आना जग्गा र एउटा घर खरिद गर्ने निर्णय गरेको छ। 

हाल केन्द्रीय कार्यालय सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने भन्दै कार्यालय अगाडिपट्टी रहेको एक रोपनी तीन आना तीन पैसा (१९ आना) जग्गा र सोही जग्गामा बनेको एउटा तीन तले घर खरिद गर्ने निर्णय गरिएको हो। 

उक्त घर र जग्गा ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको छ । 

शुक्रबार महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा उक्त घर जग्गा नेपाली कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्ने गरी ५० लाख रूपैयाँ बैनासहित सम्झौता गरिएको कांग्रेसले जनाएको छ। 

जग्गाधनीसँग १ वर्षभित्र पास गर्ने सम्झौता भएको छ। घर जग्गा खरिदका लागि लाग्ने १३ करोड रूपैयाँ पार्टीको विभिन्न तहको लेवि एवं शुभेच्छुकहरूको सहयोग मार्फत सबैको अपनत्व हुने गरी चुक्ता गरिने बताइएको छ। 

प्रकाशित मिति: १५:५८ बजे, शुक्रबार, असार १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्