एसईईको नतिजा आज आउने
आज बसेको परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने तयारी गरेको हो। बेलुका ६ बजे नतिजा प्रकाशित गर्ने तयारी भएको छ।काठमाडौं, असार १३ : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज आउने भएको छ।
आज बसेको परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने तयारी गरेको हो। बेलुका ६ बजे नतिजा प्रकाशित गर्ने तयारी भएको छ।
गत ७ चैतदेखि परिक्षा सञ्चालन भएको थियो । एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी बनेका थिए।
प्रकाशित मिति: १५:४५ बजे, शुक्रबार, असार १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
