Kathmandu Press

सिन्धुपाल्चोकमा १२ वर्षीया बालिका बलात्कारपछि हत्याको आरोपमा पाँचजना पक्राउ 

भोटेकोशी गाउँपालिका–५ की निशा तामाङको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ। 
सिन्धुपाल्चोकमा १२ वर्षीया बालिका बलात्कारपछि हत्याको आरोपमा पाँचजना पक्राउ 

सिन्धुपाल्चोक, असार १३ : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ मा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ। 

भोटेकोशी गाउँपालिका–५ की निशा तामाङको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ। 

बलात्कारपछि हत्या गरेको भन्दै परेको जाहेरीका आधारमा पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। 

प्रहरीका अनुसार घटना गत १० असारमा भएको हो। हत्या आरोपीहरुलाई आज सार्वजनिक गरिने प्रहरीले जनाएको छ। 

ति बालिकालाई घरबाट लगेर पाँच जनाको समूहले बलात्कार पछि हत्या गरेका थिए। 

प्रकाशित मिति: १३:५८ बजे, शुक्रबार, असार १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्