परराष्ट्रमन्त्री डा.राणा इटालीतर्फ प्रस्थान
परराष्ट्रमन्त्री डा.राणाको सचिवालयले जनाए अनुसार कन्फ्रेन्सको प्रमुख सत्र र यसका दौरानमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
काठमाडौं, असार १३ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा शुक्रबार इटालीतर्फ प्रस्थान गरेकी छन्।
मन्त्री राणा जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि संगठन (एफएओ) कन्फ्रेन्सको ४४ औं सत्रमा सहभागी हुन इटालीको रोम प्रस्थान गरेकी हुन्।
परराष्ट्रमन्त्री डा.राणाको सचिवालयले जनाए अनुसार कन्फ्रेन्सको प्रमुख सत्र र यसका दौरानमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
मन्त्री राणाले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि एवं परराष्ट्र र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारी सहभागी रहेको जनाइएको छ।
सम्मेलनपश्चात परराष्ट्रमन्त्री डा. राणा इटालीको मिलान तथा जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालद्वारा आयोजित कार्यक्रमहरूमा सहभागी हुने कार्यक्रममा समेत छ।