Kathmandu Press

‘कांग्रेस–एमालेबीच असमझदारी हुनु सामान्य हो’

दुवै फरक दल भएकाले सरकारले गर्ने कुनै निर्णयमा फरक बुझाइ देखिएको बताउँदै उनले त्यसलाई अनौठो मान्न नहुने बताए।
‘कांग्रेस–एमालेबीच असमझदारी हुनु सामान्य हो’

चितवन, असार १३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँग असमझदारी हुनु सामान्य भएको बताएका छन्।

भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै  सभापति देउवाले कांग्रेस एमाले फरक दल भएकाले सत्ता गठबन्धनम भएपनि असमझदारी देखिनु सामान्य भएको उल्लेख गरे।

दुवै फरक दल भएकाले सरकारले गर्ने कुनै निर्णयमा फरक बुझाइ देखिएको बताउँदै उनले त्यसलाई अनौठो मान्न नहुने बताए।

‘एमाले फरक दल भएकाले कहिले कहिले असमझदारी पनि देखिन्छ, यो स्वभाविक हो, तर सरकार आपसी सहमति अनुसार नै अघि बढेको छ,’ सभापति देउवाले भने।

सभापति देउवा स्व. गौरीदेव प्रधानप्रति श्रद्धाञ्जली अर्पण गर्न चितवन पुगेका हुन् ।

प्रकाशित मिति: १२:११ बजे, शुक्रबार, असार १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्