Kathmandu Press

परराष्ट्रमन्त्री डा. राणा आज रोम जाँदै

खाद्य तथा कृषि संगठन एफएओको ४४औं सम्मेलनमा भाग लिन मन्त्री राणा आज रोम जान लागेकी हुन्। 
परराष्ट्रमन्त्री डा. राणा आज रोम जाँदै

काठमाडौं, असार १३ : परराष्ट्रमन्त्री आरजु राणा देउवा शुक्रबार इटलीको राजधानी रोम जाँदैछिन्।

खाद्य तथा कृषि संगठन एफएओको ४४औं सम्मेलनमा भाग लिन मन्त्री राणा आज रोम जान लागेकी हुन्। 

परराष्ट्रमन्त्री राणा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी र परराष्ट्र मन्त्रालयकै केही कर्मचारीहरु सहभागी हुने छन्।

परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलन शनिबारदेखि बिहीबारसम्म हुनेछ। 

राणाले सम्मेलनको मुख्य सत्र र अन्य उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।
 

प्रकाशित मिति: ११:१८ बजे, शुक्रबार, असार १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्