Kathmandu Press

विद्यालय शिक्षा विधेयक सम्बन्धि प्रतिवेदनमाथि शुक्रबार पुनः छलफल हुने

विहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको उपस्थितीमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथिको छलफल भोलि बिहानको लागि स्थगित भएको समिति सभापति अम्मर बहादुर थापाले जानकारी दिएका छन्। 
विद्यालय शिक्षा विधेयक सम्बन्धि प्रतिवेदनमाथि शुक्रबार पुनः छलफल हुने

काठमाडौं, असार १२ : शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक भोलि(शुक्रबार) बिहान ११ः३० बजे बस्नेगरि स्थगित भएको छ। 

विहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको उपस्थितीमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथिको छलफल भोलि बिहानको लागि स्थगित भएको समिति सभापति अम्मरबहादुर थापाले जानकारी दिएका छन्। 

उनले भोलि बिहान ९ बजे परामर्शको बैठक बसेर, ११ः३० बजे आज स्थगित बैठकलाई निरन्तरता दिने पनि बताए। जसरी भएपनि विधयेकलाई टुङ्गोमा पु¥याउनुपर्ने उनको भनाइ छ। 

प्रकाशित मिति: २०:५० बजे, बिहीबार, असार १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्