विदेशमा रहेका नेपालीहरुको सुरक्षा, मूल्यांकन र सेवामा तत्पर छौं : मन्त्री राणा
विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले विदेशमा रहेका नेपाली नागरिकहरुलाई कसरी सेवा प्रदान गर्न सक्छौ भन्ने विषयमा एकदमै दृढ भएर लागिरहेको बताइन्।
काठमाडौं, असार १३ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विदेशमा रहेका नेपाली नागरिकहरुलाई सरकारले दिनुपर्ने सुरक्षा, मूल्यांकन र सेवालाई सुधार गर्दै जाने बताएकी छन्।
विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले विदेशमा रहेका नेपाली नागरिकहरुलाई कसरी सेवा प्रदान गर्न सक्छौ भन्ने विषयमा एकदमै दृढ भएर लागिरहेको बताइन्।
‘बाहिर काम गर्न जानु भएका नेपाली नागरिकहरुलाई कसरी सेवा प्रदान गर्न सक्छौं भन्ने विषयमा एकदमै दृढ भएर लागेका छौं। दुईतीन मन्त्रालय मिलेर काम अगाडि बढाइरहेका छौं, अझै सुधार गर्छौ,’ उनले भनिन्, ‘विदेशमा जतिपनि नेपालीहरु छन् उनीहरुलाई सरकारले दिनुपर्ने सुरक्षा, मूल्यांकन र सेवालाई अझ सुधार गर्दै जान्छौं।’
मन्त्री डा. राणाले वैदेशिक रोजगारीमा जानेहरुको सुरक्षाकै हिसाबले ‘श्रम संसार’ भन्ने एप रजिस्टर गरेको र त्यो सफल भयो भने कुन देशमा को छ भन्ने कुरा सहजै उपलब्ध हुने बताइन्।
सोही क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाली नागरिकहरु को कहाँ गएका छन्, कति गएका छन् भन्ने विषयमा धेरै खाडलहरु भएको भन्दै यसलाई सुधार गर्दै जाने क्रम सुरु गरेको बताए।