Kathmandu Press

बेपता आयोगमा काम गर्न नियमावलीको अभाव छ : अध्यक्ष गड्तौला

‘कार्ययोजना पहिले चार वर्षको बनाउने हो अनि चार वर्षपछि प्रत्येक वर्षको बनाउनुपर्छ भन्ने छ,’ उनले भने, ‘हामीले आफैंले आफैलाई बाँधेर अघि बढ्ने हो। आफैंले आफैंलाई बाधेनौं भने परिणाममा नपुग्न सक्छौं।’
बेपता आयोगमा काम गर्न नियमावलीको अभाव छ : अध्यक्ष गड्तौला

काठमाडौं, असार १३ : बेपता पारिएका व्यक्तिको छानविन आयोगकी अध्यक्ष लीलादेवी गडतौलाले नियमावलीको अभावका कारण काममा गति दिन नसकिएको बताएकी छिन्। 

बिहीबार काठमाडौैमा बेपता पारिएका व्यक्तिको छानविन आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आयोग फिल्डमा गइहाल्ने अवस्था नभएको भन्दै नियमावली नहुँदा कामको गति रोकिएको बताइन्। 

Hardik ivf

‘उपत्यका बाहिरका पीडितहरु छिटो गर्नुहोस भन्दै हुनुहुन्छ। तर नियमावलीका कारण कामले गति लिन सकेको छैन। तुरुन्तै फिल्डमा गइहाल्ने अवस्था छैन,’ उनले भने, ‘कार्यक्रमहरुको फरम्याट बनाउन सकिएको छैन। हाम्रो संयन्त्र कसरी परिचालन गर्ने भन्ने नै अन्योलता छ। यसमा सम्बन्धित निकायलाई घचघच्याइरहेका छौं।’

उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको नियमावलीमा पहिले चार वर्ष कार्ययोजना बनाउने र पछि प्रत्येक वर्षको कार्ययोजना बनाउने बताइन्। 

‘कार्ययोजना पहिले चार वर्षको बनाउने हो अनि चार वर्षपछि प्रत्येक वर्षको बनाउनुपर्छ भन्ने छ,’ उनले भने, ‘हामीले आफैंले आफैलाई बाँधेर अघि बढ्ने हो। आफैंले आफैंलाई बाधेनौं भने परिणाममा नपुग्न सक्छौं।’  

अध्यक्ष गड्तौलाले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगबीच समन्वय गरी काम अघि बढाउने पनि बताइन्। 

प्रकाशित मिति: १९:२९ बजे, बिहीबार, असार १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्